८ माघ २०८२, बिहिबार | Fri Jan 23 2026

डडेल्धुराका सात गाविस पूर्ण साक्षरता घोषणा


२९ मंसिर २०७३, बुधबार  

0
Shares

डडेल्धुरा २९ मसिर । डडेल्धुरा जिल्लाका सात गाविसलाई विभिन्न सूचकका आधारमा पूर्ण साक्षरता गाविस घोषण गरिएको छ । १५ देखि ६० उमेर समूहका मानिस राष्ट्रिय र स्थानीय भाषाका वर्णहरु लेख्न पढ्न सक्ने सामान्य गणितीय हिसाब राख्न सक्ने, ट्राफिक चिन्हलाई बुझ्ने, रुपैयाँको हिसाब गर्न सक्नेजस्ता सातवटा सूचकका आधारमा ती गाविसलाई साक्षर गाविसको रुपमा घोषणा गरिएको जिल्ला शिक्षा कार्यालय डडेल्धुराका विद्यालय निरीक्षक केशव ज्ञवालीले जानकारी गराउनुभयो ।

पूर्ण साक्षरता हुनका लागि १२ वटा सूचकहरु राखिएका भएतापनि तीमध्ये सातवटा सूचकहरु पूरा भएका गाविसलाई साक्षरता घोषणा गरिएको हो । मङ्गलबार सातौं गाविसको रुपमा अजयमेरु चमडालाई पूर्ण साक्षरताको प्रमाणपत्र प्रदान गरिएको जिल्ला शिक्षा अधिकारी बसन्तकुमार खत्रीले बताउनुभयो । यसअघि गणेशपुर, कैपालमाडौँ, समैजी, चिपुर, कोटेली र बेलापुर गाविसलाई साक्षर घोषणा गरिसकेको उहाँले शिक्षा अधिकारी खत्रीले जानकारी गराउनु भयो ।

अठार गाविस र दुई नगरपालिका रहेको डडेल्धुराका अन्य गाविस र नगरपालिकाका वडाहरुलाई पनि चाँडै सारक्षर घोषणा गरी चालु आर्थिक वर्षभित्रै जिल्लालाई साक्षर जिल्ला घोषणा गर्ने तयारी भइरहेको जिल्ला शिक्षा कार्यालय डडेल्धुराले जनाएको छ ।

प्रकाशित मिति : २९ मंसिर २०७३, बुधबार  ६ : २७ बजे