२९ कार्तिक २०८३, शनिबार | Sat Nov 14 2026

आगलागीमा रु छ लाख बराबर क्षति


३० मंसिर २०७३, बिहिबार  

7
Shares

इनरुवा, ३० मङ्सिर । सुनसरीको सीमावर्ती घुस्की–६ मा बुधबार अबेर राति आगलागी हुँदा छ लाख बराबरको धनमाल जलेर नष्ट भएको छ ।

स्थानीय जुलफकार मियाँको घरबाट सल्केको आगोले चार परिवारका पाँच घर जलेर नष्ट हुँदा रु छ लाख बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । राति जाडो छल्नका लागि बालेको घुरबाट सल्केर भएको आगलागीमा स्थानीयवासी मजलुम मियाँ, एमजुन खातुन, इम्तियार मियाँसहितको पाँचवटा घर जलेर नष्ट भएको सुनसरीका प्रहरी उपरीक्षक पोषराज पोखरेलले जानकारी दिनुभयो ।

आगलागीबाट टिनको छानो भएका पाँचवटा घर, घरमा रहेका विभिन्न सरसमान, लत्ताकपडा र अन्नपात गरी रु ६ लाख बराबरको धनमाल जलेर नष्ट भएको सुनसरीका प्रहरी उपरीक्षक पोखरेलले जानकारी दिनुभयो । आगलागीलाई स्थानीयवासी र प्रहरीले सामूहिक रुपमा नियन्त्रणमा लिएका थिए ।

Sagarmatha

प्रकाशित मिति : ३० मंसिर २०७३, बिहिबार  ५ : ४० बजे