२९ कार्तिक २०८३, शनिबार | Sat Nov 14 2026

बङ्गलादेशबारे बुझ्न कलाले सहयोग गर्नेः राजदूत


१ पुस २०७३, शुक्रबार  

0
Shares

ललितपुर, १ पुस । नेपालका लागि बङ्गलादेशका राजदूत मास्फी विन्टे शाम्सले धेरै नेपालीले अहिले पनि वास्तविक बङ्गलादेश नबुझेको बताउनुभएको छ ।

बङ्गलादेशको स्थापना दिवसका अवसरमा दूतावासले आज यहाँ आयोजना गरेको ‘कला प्रदर्शनी’ मा बोल्दै उहाँले नेपाली जनताले बङ्गलादेशका बारेमा बुझ्न कलाले सहयोग गर्ने बताउनुभयो ।

बङ्गलादेश कलाका हिसाबले धनी देश भएको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो – “हामी स्थापना दिवसका अवसरमा हाम्रो कलाका विषयमा नेपालीलाई जानकारी दिन चाहन्छौँ ।” बङ्गलादेश र नेपालको विगतदेखि नै हार्दिक सम्बन्ध भएको उहाँले बताउनुभयो ।

Sagarmatha

अघिल्ला वर्ष पनि स्थापना दिवस र अरु विभिन्न अवसरमा काठमाडौँमा बङ्गलादेशी दूतावासले कला प्रदर्शनी गरेको उहाँले जानकारी दिनुभयो ।

नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानका कुलपति रागिनी उपाध्यायले नेपाल र बङ्गलादेशबीचको सम्बन्ध यस किसिमका कला प्रदर्शनीले मजबुत बनाउने बताउनुुभयो ।

चारजना कलाकारका कला प्रदर्शनीमा राखिएको छ । बङ्गलादेशले १८ डिसेम्बरलाई विजय दिवसका रुपमा मनाउँदै आएको छ ।

काठमाडौँस्थित दूतावासले तीन दिनसम्म विभिन्न कार्यक्रम गरेर दिवस मनाउन लागेको छ ।

प्रकाशित मिति : १ पुस २०७३, शुक्रबार  १० : ५१ बजे