२९ कार्तिक २०८३, शनिबार | Sat Nov 14 2026

ॐ शान्ति भवनको शिलान्यास


४ पुस २०७३, सोमबार  

0
Shares

सङ्खुवासभा, ४ पुस । खानेपानी तथा सरसफाइ राज्यमन्त्री दीपक खड्काले रु ५० लाखको लागतमा निर्माण हुन लागेको आठकोठे ॐ शान्तिको भवन शिलान्यास गर्नुभएको छ ।

राज्यमन्त्री खड्काले जिल्लाको चैनपुरमा उक्त भवनको शिलान्यास गर्नुभएको हो । उहाँले एकअर्कालाई आदर र धर्मको जगेर्ना गरेमात्र स्वच्छ समाज निर्माण हुने उल्लेख गर्नुभयो ।

सोही अवसरमा राज्यमन्त्री खड्काले श्री सत्य साई भजन समूह, चैनपुरको भवनसमेत शिलान्यास गर्नुभएको थियो ।

Sagarmatha

उहाँले ॐ शान्तिको भवन निर्माणका लागि रु पाँच लाख र सत्य साई भजन समूहको भवन निर्माणका लागि रु दुई लाख सहयोग गर्नुभएको छ ।

प्रकाशित मिति : ४ पुस २०७३, सोमबार  ६ : १६ बजे