सङ्खुवासभा, ५ पुस । माम्लिङ गाविस र मोदी नगरपालिका जोड्ने ‘माया खोला पुल’ आज शिलान्यास गरिएको छ ।
सरकारको करिब रू पाँच करोड २५ लाखको लागतमा दुई वर्षको समयावधिमा पुल बनाइने छ । सो कार्य पूरा गर्नका लागि बिटी निर्माण सेवा कम्पनीले जिम्मा लिएको छ ।
खानेपानी तथा सरसफाइ राज्यमन्त्री दीपक खड्काले पुलको शिलान्यास गर्दै गुणस्तरीय निर्माण सेवा प्रदान गर्न कम्पनीलाई आग्रह गर्नुभयो ।







