२९ कार्तिक २०८३, शनिबार | Sat Nov 14 2026

धार्मिक तथा सामाजिक सद्भाव कायम राख्न आग्रह


५ पुस २०७३, मंगलबार  

7
Shares

काठमाडौँ, ५ पुस । राष्ट्रिय मुस्लिम आयोगले बाँके जिल्लाको मटेहिया गाविसमा गत मङ्सिर २७ गते भएको झडपका घटनामा संलग्न दोषीमाथि कानुन बमोजिम कारबाहीका लागि सरकारसँग माग गरेको छ ।

मृतकका परिवारलाई उचित क्षतिपूर्ति र घाइतेलाई निःशुल्क उपचारको व्यवस्था गरिदिनसमेत सरकारसँग माग गरिएको छ । शोकसंतप्त परिवारप्रति समवेदना व्यक्त गर्दै आयोगले धार्मिक तथा सामाजिक सद्भाव कायम राख्न बाँके जिल्लावासीसँग आयोगले आग्रह गरेको सदस्य सचिव मो खालिद इकवाल इराकीद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।

प्रकाशित मिति : ५ पुस २०७३, मंगलबार  ६ : ५६ बजे