सङ्खुवासभा, ६ पुस । खानेपानी तथा सरसफाइ राज्यमन्त्री दीपक खड्काले मुलुकभरको खानेपानी समस्या चाँडो समाधान हुने बताउनुभएको छ ।
नेपाली काँग्रेस सङ्खुवासभा जिल्ला कार्यसमितिले आज खाँदबारीमा आयोजना गरेको ‘बधाई तथा सम्मान’ कार्यक्रममा राज्यमन्त्री खड्काले दुई वर्षभित्र मुलुकभर खानेपानी पु¥याउने उद्देश्यका साथ मन्त्रालयले काम गरिरहेको बताउनुभयो । उहाँले भन्नुभयो, “हाल मुलुकमा ८५ प्रतिशत मानिसले खानेपानी प्रयोग गरिरहेका छन् दुई वर्षभित्र यो सङ्ख्यालाई बढाएर १०० प्रतिशत पु¥याउँछौँ ।”
राज्यमन्त्री खड्काले जनतालाई खानेपानी उपलब्ध गराउन पहाडी क्षेत्रमा लिप्ट सिस्टम र तराई क्षेत्रमा डिप बोरिङ कार्य गर्न लागेको जानकारी दिनु भयो ।

उहाँले नेपालको संविधान लचिलो संविधान भएकाले कुनै पनि राजनीतिक दललाई चित्त नबुझेमा वार्ता र छलफलबाट सच्याउँदै लान सकिने स्पष्ट पार्नुभयो । उहाँले भन्नुभयो, “लोकतन्त्रमा चित्त नबुझेका कुरालाई फरक रुपमा राख्न मिल्छ तर संसद् अवरुद्ध पार्नु राम्रो काम होइन ।






