२९ कार्तिक २०८३, शनिबार | Sat Nov 14 2026

एक किलो चरेससहित पक्राउ


७ पुस २०७३, बिहिबार  

0
Shares

रुकुम, ७ पुस । जिल्ला प्रहरी कार्यालय रुकुमले एक किलो चरेससहित एकजनालाई पक्राउ गरेको छ । मुसिकोट खलङ्गाको पातुखोलामा रहेको एक होटेलबाट पूर्वी रुकुमको रन्ममैकोट–३ का ३२ वर्षीय खलदया पुनलाई प्रहरीले एक किलो चरेससहित बुधबार साँझ पक्राउ गरेको हो ।

गाउँबाट चरेस ल्याएर होटेलमा गएको विशेष सूचनाका आधारमा प्रहरीको विशेष टोलीले होटेल चेकजाँज गर्दा चरेससहित उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रुकुमका प्रहरी प्रमुख अङ्गुर जिसीले जानकारी दिनुभयो ।

होटेलबाट पुनसँगै अन्य तीनजनालाई पक्राउ गरेको भए पनि उनीहरुलाई भने सामान्य अनुसन्धानपछि छोडिएको प्रहरी नायब उपरीक्षक जिसीले बताउनुभयो । पक्राउ परेका पुनलाई थप अनुसन्धान गरिरहेको प्रहरीको भनाइ छ । यसअघि पनि यहाँ चरेससहित बेलाबेलामा मानिसहरु पक्राउ पर्ने गरेकाले यसको ठूलो सञ्जाल नै हुनसक्ने प्रहरीको अनुमान रहेको छ ।

Sagarmatha

प्रकाशित मिति : ७ पुस २०७३, बिहिबार  ६ : १२ बजे