२९ कार्तिक २०८३, शनिबार | Sat Nov 14 2026

दुर्घटनामा एकको मृत्यु


११ पुस २०७३, सोमबार  

7
Shares

मलेखु (धादिङ), ११ पुस आज बिहान पृथ्वी राजमार्गअन्तर्गत बैरेनी गाविस–८, भल्टारमा भएको सवारी दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ भने अन्य तीन जना गम्भीर घाइते भएका छन् ।

चितवनबाट काठमाडौँतर्फ आउँदै गरेको लु १ ख ९५८७ नंको ट्रक विपरीत दिशाबाट आइरहेको ना ६ ख १११० नंको ट्रकसँग जुधेर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

लु १ ख ९५८७ नंको ट्रकमा सवार एकजनाको घटनास्थलमै मृत्यु भएको र अन्य तीन जना गम्भीर घाइते भएकाले उपचारका लागि काठमाडौँ पठाइएको सशस्त्र प्रहरी बेस क्याम्प आदमघाटले जानकारी दिएको छ । मृतकको सनाखत भएको छैन ।

Sagarmatha

प्रकाशित मिति : ११ पुस २०७३, सोमबार  ५ : ३७ बजे