२९ कार्तिक २०८३, शनिबार | Sat Nov 14 2026

सबै प्रदेशमा प्राणी उद्यान निर्माण गरिने


१४ पुस २०७३, बिहिबार  

7
Shares

ललितपुर, १४ पुस । वन तथा भूसंरक्षणमन्त्री शङ्कर भण्डारीले चिडियाखानाको मजबुत व्यवस्थापनका लागि तयार पारिएको कार्ययोजनाको कार्यान्वयन ठीक ढङ्गले गरिनुपर्ने बताउनुभएको छ ।

राष्ट्रिय प्रकृति संरक्षण कोषले सदर चिडियाखानाको व्यवस्थापन सम्हालेको २१ वर्ष पुगेका अवसरमा आज यहाँ आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले वनमा रहेका प्राकृतिक स्रोतको सही उपयोग गर्न सकेमा यसबाट प्रत्यक्ष रुपमा धेरै फाइदा लिन सकिने बताउनुभयो ।
सो अवसरमा वन मन्त्रालयका सचिव कृष्णचन्द्र पौडेलले सात वटै प्रदेशमा प्राणी उद्यान निर्माण गर्ने तयारी रहेको जानकारी दिनुभयो । सो अवसरमा प्रकृतिसँग जोडिएका कविता वाचन गरिएको थियो ।

प्रकाशित मिति : १४ पुस २०७३, बिहिबार  १२ : ०५ बजे