काठमाडौं, १६ पुस । स्पार्क ग्रुपले मादक पदार्थ सेवन गर्ने व्यक्तिहरुको लागि ड्राइभर सर्भिस दिने भएको छ । पार्टी, विवाह भोज, रात्रीकालीन पार्टीमा मापसे गरेका व्यक्तिहरुलाई स्पार्क गु्रपका ड्राइभरहरुले सवारी धनीकै गाडि वा स्पार्क ग्रुपको सवारी साधनमा घरसम्मनै पु¥याउने सेवा सञ्चालनमा ल्याएको हो ।

काठमाडौं उपत्यकाभित्र जुनसुकै स्थानका लागि यो सेवा उपलब्ध गराएको स्पार्क गु्रपका प्रमुख रोशन घिमिरेले बताए ।

यसको साथै २४ सै घण्टा ड्राईभर र सवारी साधन सहजै उपलब्ध गराइने समेत घिमिरेले बताए ।







