१४ असार २०८३, आइतबार | Sun Jun 28 2026

तीन तहको प्रशासनिक कार्यको वाँडफाँड


११ माघ २०७३, मंगलबार  

0
Shares

काठमाडौ ११ माघ । सङ्घीयता संरचना अनुसार सरकारले केन्द्र, प्रदेश र स्थानिय तहको प्रशासनिक कार्यको जिम्मेवारीको बाँडफाँड तयार पारेको छ ।

मुख्य सचिव डा.सोमलाल सुवेदीको अध्यक्षतामा रहेको सङ्घीयता कार्यान्वयन तथा प्रशासन पुनसंरचना समन्वय समितिले संविधानमा भएको व्यवस्था बमोजिम तीनै तहको प्रशासनिक कार्यको जिम्मेवारी बाँडफाँड तयार पारिएको मन्त्रीपरिषद्का सचिव दिनेशकुमार थपलियाले जानकारी दिनुभयो ।

समितिले तयार पारिएको तीनै तहको कार्यको बिश्लेषण गरि जिम्मेवारीको वाँडफाँडसहितको प्रतिवेदन प्रधानमन्त्री पुष्पकमल दाहालको अध्यक्षतामा रहेको उच्चस्तरिय सङघीयता कार्यान्वयन तथा प्रशासन पुनसंरचना निर्देशक समिति हुदै मन्त्रीपरिषद् बैठकबाट अनुमोदन भई परिषद्कै पूर्वाधार समितिमा अन्तिम टुङगो लगाउन पठाइएको उहाँले बताउनुभयो ।

Sagarmatha

‘‘संविधानले तोके अनुसार समितिले तीनै तहको प्रशासनिक कार्यको जिम्मेवारी तयार पारेका छन्’’ सचिव थपलियाले भन्नुभयो– ‘‘अव बस्ने निर्देशक समिति बैठकले तयार पारेको कार्यको अन्तिम टुङ्गो लगाउने छ ।’’

उहाँका अनुसार तीनै तहमा करिव १ हजार ७ सय ८५ कार्यको बाँडफाँड गरिएको छ । जसअनुसार केन्द्रमा ८७०, प्रदेशमा ५५५ र स्थानिय तहमा ३६० प्रशासनिक कार्य रहेका छन् ।

प्रकाशित मिति : ११ माघ २०७३, मंगलबार  १२ : १६ बजे