२७ कार्तिक २०८३, बिहिबार | Thu Nov 12 2026

७२ महिला स्वास्थ्य स्वयंसेविका र ५० जेष्ठ नागरिक नगदसहित सम्मानित


१५ बैशाख २०७५, शनिबार  

21
Shares

ओखलढुंगा ।  सुनकोशी गाउँपालिकाले गाउँपालिका भित्रका ७२ जना महिला स्वास्थ्य स्वयं सेविका र ५० जना जेष्ठ नागरिकहरुलाई नगद सहित सम्मान गरेको छ। महिला स्वयंसेविकालाई जनही १५ हजार, सम्मान पत्र र दोसल्ला तथा जेष्ठ नागरिकलाई जनही पाँच हजार रकम सहित सम्मान गरेको हो ।
गाउँमा बसेर दुर्गम गाउँका नागरिकलाई स्वास्थ्य सेवा प्रवाह गरेका स्वयंसेवीकाहरुलाई प्रोत्साहन गर्न सम्मान गरिएको गाउँपालिकाका अध्यक्ष रुद्रप्रसाद अधिकारीले बताउनुभयो । जेष्ठ नागरिकको सम्मान गर्ने र उनीहरुको अनुभव आदान प्रदान गरेर गाउँपालिकाको समृद्धिमा योगदान पुर्याउन जेष्ठ नागरिकहरुलाई सम्मान गरिएको गाउँपालिकाले जनाएको छ । गाउँपालिकाका १० वटै वडाबाट पाँच जना जेष्ठ पुरुष, पाँच जना महिला, पाँच जनजाति, पाँच जना महिला र पाँच जना अपांगताभएका मध्ये जेष्ठलाई छनोट गरेर सम्मान गरिएको हो ।

सम्मान पाएपछि महिला स्वास्थ्य स्वयं सेविका र जेष्ठ नागरिक खुसी भएका छन् । १७ वर्षदेखि महिला स्वास्थ्य स्वयं सेविकाको काम गर्दै आउनुभएकी पुकमति तामाङले आफुले ुेवा अवधिमा सबैभन्दा खुसी भएको बताउनुभयो । यस सम्मानले सेवा दिन हौसला मिलेको सम्मानित भएका महिला स्वास्थ्य स्वयं सेविकाहरुले बताएका छन् ।

प्रकाशित मिति : १५ बैशाख २०७५, शनिबार  ५ : ०१ बजे