२७ कार्तिक २०८३, बिहिबार | Thu Nov 12 2026

घर भत्किदाँ एक जनाको मृत्यु


५ आश्विन २०७३, बुधबार  

0
Shares

सन्तोष रुचाल/धनकुटा, ५ असोज । अविरल वर्षाका कारण घर भत्किदाँ पाख्रीवासमा बुधबार एक महिलाको ज्यान गएको छ ।
वर्षाका कारण घर भत्किदाँ आफ्नै घरले किचेर पाख्रीवास नगरपालिका–८ खोलाखर्ककी ५४ वर्षीय नरमाया कार्कीको ज्यान गएको हो । घरले थिचिएर कार्कीको घटनास्थलमै ज्यान गएको इलाका प्रहरी चौकी पाख्रीवासले जनाएको छ । सोही घरमा बास बसेका एक व्यक्ति पनि घाईते भएका छन् । भोजपुरको सानोदुम्मा गाविस–७ का ७५ वर्षीय कृपाध्वज राई घाईते भएको इलाका प्रहरी चौकी पाख्रीवासका इन्चार्ज सई मेमकुमार बस्नेतले बताए ।
घरले पुरिएका राईको उद्धार गरी उपचारका लागी धरान स्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको छ । मोरङ्गबाट घर फर्किदै गरेका राई छोटो दुरीको पैदलबाटो घर जान भन्दै बेलुका सो घरमा बास बसेका थिए । विहानको समय भएकाले परिवारका अन्य सदस्य भने घर बाहिर रहेकाले बाँच्न सफल भएका छन् ।

प्रकाशित मिति : ५ आश्विन २०७३, बुधबार  १२ : १९ बजे