नाम्चे । विश्वको सर्वोच्च शिखर सगरमाथामा आरोहणका लागि क्याम्प थ्रीसम्म बाटो (रोप फिक्सिङ) बनाई सकिएको छ । वसन्त ऋतुमा सगरमाथा आरोहण गर्ने आरोहीहरुका लागि बाटो बनाइएको हो ।

‘सगरमाथाको क्याम्प थ्रीसम्म रोप फिक्सिङ भयो, अब आरोहीहरु उचाइको वातावरणसँग घुलमिल हुन क्याम्प थ्रीसम्म जान सक्छन्,’ सम्पर्क अधिकृत ज्ञानेन्द्र श्रेष्ठले भने, ‘प्रतिकुल मौसमका बाबजुत पनि आइसफल डाक्टरहरुले निरन्तर रुपमा आधारशिविरदेखि क्याम्प टूसम्म बाटो बनाएकाले त्यो भन्दा माथि बाटो बनाउने काम सहज भएको हो ।
यो वसन्त ऋतुमा सगरमाथा आरोहणका लागि मात्रै ३९ समूह सगरमाथाको आधारशिविरमा उचित मौसमको प्रतिक्षामा उचाईको वातावरणसँग आफूलाई घुलमिल गराइ रहेका छन् । यीमध्ये ३४ विदेशी समूहका ३ सय ४६ आरोही र ५ नेपाली समूहका १३ जना सगरमाथा आरोही आधारशिविरमा छन् । त्यसैगरी लोत्से हिमालका लागि १० समूहका ९२ आरोही र नुप्चे हिमालका लागि ३ समूहका ३७ आरोही सगरमाथाको आधारशिविरमा छन् । लोत्से र नुप्चे हिमाल आरोहणका लागि पनि आरोहीहरुले सगरमाथाकै आधारशिविर प्रयोग गर्छन् । यी दुई हिमाल आरोहणका लागि सगरमाथाको क्याम्प थ्रीसम्म एउटै बाटो भएर आरोहीहरु जाने गरेका छन् ।
१८ बैशाख २०७६, बुधबार
168
Shares







