नाम्चे । विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहणको लागि यस वर्षको वसन्त ऋतुमा ४१ समूहका ३ सय ७८ जना आरोही सगरमाथाको आधारशिविर पुगेका छन् । ३७ विदेशी समूहका ३ सय ६५ जना र ५ नेपाली समूहका १३ जना आरोही सगरमाथा चढ्न आधारशिविर पुगेका हुन् ।

सगरमाथा चढ्नेमा सबैभन्दा बढि भारतीय आरोही छन् । ७७ जना भारतीय आरोही अहिले आधारशिविरमा उचाईको वातावरणसँग घुलमिल हुन अभ्यास गरिरहेका छन् । दोस्रोमा अमेरिकन आरोही छन् । यो वसन्त ऋतुमा ७५ जना अमेरिकन आरोहीले सगरमाथा आरोहणको अनुमति लिएको पर्यटन बोर्डको तथ्यांकमा उल्लेख छ । तेस्रोमा ६० जना आरोही चीनका छन् । त्यसैगरी चौथोमा बेलायतका ४३, नेपालका १३, क्यानडा र नर्वेका ८/८, जापान, लेबनान ६/६, अर्जेन्टीना, ब्राजिल, हङकङ, आयरल्याण्डका ५/५ जना आरोहीहरु छन् ।
त्यस्तै ग्रीक ४, अष्ट्रेलिया, फ्रान्स, जर्मनी, न्यूजिल्याण्ड, पोल्याण्ड, सिंगापुर, स्पेनका ३/३, ताइवान प्रोभिन्स अफ चाईना, स्वीजल्र्याण्ड, साउदी अरेबिया, रोमानीया, रिपब्लीक अफ कोसोभो, पेरु, पाकिस्तान, आइसल्याण्ड, डेनमार्क र बेल्जियमका २/२ जना र अष्ट्रिया, चिली, डोमिनीका रिपब्लीक, ईक्वेडर, इजिप्ट, जर्जिया, स्लामीक रपिब्लीक अफ इरान, कोरिया रिपब्लीक अफ, नेदरल्याण्ड, ओमान, पोर्तुगल, कतार, रिपब्लीक अफ बोस्वाना, साउथ अफ्रिका, यूनाइटेड अरब ईमिरेटस र उरुग्वेका १/१ जना आरोही आधारशिविरमा उचित मौसम र समयको प्रतिक्षामा बसिरहेका छन् ।
यो वसन्त ऋतुमा सगरमाथाबाट मात्रै नेपाल सरकारलाई ४३ करोड ९९ लाख २ हजार ७ सय १२ रुपीयाँ ५० पैसा राजश्व संकलन भएको छ । सगरमाथा आरोहणका लागि विदेशी नागरिकलाई प्रतिव्यक्ति ११ हजार अमेरिकी डलर र नेपालीलाई प्रतिव्यक्ति ७५ हजार रुपीयाँ सलामी बापतको रकम नेपाल सरकारलाई बुझाउनु पर्छ ।

२० बैशाख २०७६, शुक्रबार
140
Shares







