२७ कार्तिक २०८३, बिहिबार | Fri Nov 13 2026

बलानबिहुल गाउँपालिका अध्यक्षको घरमा बम बिष्फोट, जयकृष्ण गोइतले जिम्मा लियो


एजेन्सी

४ जेष्ठ २०७६, शनिबार  

133
Shares

सप्तरी । सप्तरीको बलानबिहुल गाउँपालिकाका अध्यक्ष दयानन्द गोइतको घरमा बम बिष्फोट गरिएको छ । शुक्रबार राति सवा १२ बजे गोइतको घरमा प्रेसर कुकर बम बिष्फोट गराइएको हो ।

अध्यक्ष गोइतको बस्ने घरसँगै जोडिएको उनकै अर्को घरमा घरमा बिष्फोट भएको हो । बमका छर्रा लागेर अध्यक्षका गोइतका ५६ वर्षीय काका समानन्द गोइत घाइते भएका छन् । बिष्फोटबाट घरमा क्षति पुगेको र केही कुर्सीहरु भाँचिएको अध्यक्ष गोइतले बताए । आफूलाई लक्षित गरेर बिष्फोट गराएको हुनसक्ने अध्यक्ष गोइतको भनाइ छ । उनी तत्कालीन संघीय समाजवादी फोरमबाट अध्यक्षमा निर्वाचित भएका हुन् ।
बम बिष्फोटनको जिम्मा जनतान्त्रिक तराइ मुक्ति मोर्चा (क्रान्तिकारी)ले लिएको छ । मोर्चाका केन्द्रीय अध्यक्ष जयकृष्ण गोइतले बिज्ञप्ति जारी गर्दैतराइमा भ्रष्टाचार बिरोधी अभियान अन्तरगत कारवाही स्वरुप गाउँपालिका अध्यक्ष गोइतको घरमा बिष्फोट गरिएकोजनाएका छन् । विज्ञप्तिमा भ्रष्टाचार जारी रहे अझै यो भन्दा कडा कारवाही गरिने र त्यसको जिम्मा स्वयं गाउँपालिका अध्यक्ष गोइतले लिनुपर्ने चेतावनी दिएको छ ।

प्रकाशित मिति : ४ जेष्ठ २०७६, शनिबार  १० : १६ बजे