काठमाडौं । ४ वर्षपछि खुलेको तातोपानी नाका हेर्न चिनिया राजदूत होउ यानछी नेपाल र चिनको सीमाना तातोपानी पुगेकी छिन् । वि.सं. २०७२ वैशाख १२ को भूकम्पपछि बन्द रहेको नाका मर्मतसम्भार गरिएसँगै नाका खोल्न तयारी अवस्था भएको खबर आएपछि राजदूत अवलोकनका लागि तातोपानी गएकी हुन् ।

उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री मातृका यादवको उपस्थितिमा नाका पुनः सञ्चालन कार्यक्रम हुने तातोपानी नाका भन्सार प्रमुख कृष्णबहादुर बस्नेतले जानकारी दिए । बुधबार विहान ११ बजेदेखि नाका खोलिने पनि प्रमुख बस्नेतले बताए । काठमाडौंस्थित चिनियाँ दूतावासका अनुसारका नाका पुनः सञ्चालन भए पनि नागरिकको आवातजावात भने हुनेछैन ।

चिनियाँ राजदूत यानछीले चीनतिरको बस्ती भूकम्पपछि निकै जोखिममा परेकाले सारिएको र अहिले पनि जोखिम कायमै रहेकाले आमनागरिकले भने तत्कालै नाका प्रयोग गर्न नसक्ने बताइन् । वि. सं. २०७२ वैशाख १२ को भूकम्पपछि कोदारी राजमार्गका विभिन्न स्थानमा पहिरो खसेको थियो । त्यसपछि रसुवाको केरूङ नाकाबाटमात्र चीनमा सामान आयात-निर्यात भइरहेको थियो ।

१४ जेष्ठ २०७६, मंगलबार
161
Shares













