१० श्रावण २०८३, आइतबार | Sun Jul 26 2026

ठक्करबाट मोटरसाइकलमा सवारको मृत्यु



कावासोती, २८ असोज । पूर्व पश्चिम राजमार्गअन्तर्गत नवलपरासीको चोरमारा जङ्गल (४० किलोमिटर)मा गएराति ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा एकजनाको मृत्यु भएको छ ।

पूर्वबाट पश्चिमतर्फ गुडिरहेको ना १४ प ६३८७ नंको मोटरसाइकललाई विपरीत दिशाबाट आइरहेको ना ६ ख ४०२९ नंको ट्रकले ठक्कर दिँदा मोटरसाइकलमा सवार नवलपरासी देउराली–२ कोलियाका २६ वर्षीय दीपेन्द्र कुमालको मृत्यु भएको इलाका प्रहरी कार्यालय नवलपुरका प्रहरी सहायक निरीक्षक फणिन्द्र शर्माले जानकारी दिनुभयो ।

दुर्घटनामा घाइते कुमालको उपचारका क्रममा चितवन मेडिकल कलेजमा मृत्यु भएको प्रहरीले जनाएको छ । हिजोआज पूर्व पश्चिम राजमार्गअन्तर्गत नवलपरासी खण्डमा दैनिकजसो नै सवारी दुर्घटना हुने गरेका छन् । रासस

प्रकाशित मिति : २८ आश्विन २०७३, शुक्रबार  ९ : १५ बजे