एजेन्सी । हरेक १ मिनेटमा विश्वभरी १ सय जना महिला आमा बनिरहेका छन् । युनिसेफको तथ्याङ्क अनुसार हरेक १ मिनेटमा १ सय जना मानव बच्चा यो धर्तीमा जन्मिरहेका छन् ।

हरेक दिन विश्वमा १ लाख २० हजार आमा र बच्चाका लागि आपतकालिन सहायता आवश्यक भैरहेको छ । यदि आपतकालिन सहायता दिन नसके की त मृत्यु नै हुन्छ, की त जीवन जोखिममा पर्छ ! जन्मअवस्थामा राम्रो स्याहार गर्न नसक्दा बच्चा अंगभंग वा कम विकसित हुने डर छ, भने आमाको पनि बाँकी जीवन दुःख, कष्टमा वित्नेछ ।

यसैले विश्वकै सबै मानव जाति आमा र बच्चाको स्याहारमा साथ दिन जरुरी छ । आमा भन्ने शब्द यस्तो हो ? जुन आफैलाई जन्मदिने मात्र हैन ! उनको कष्ट र भोगाईसँगै प्रकृतिले दिएको बरदारको उपज हो । त्यसैले जो कोही आमाका लागि सबै सन्तती समर्पित हुन जरुरी छ ।

यही बुझाईका कारण स्वास्थ्य सम्बन्धि अन्र्तराष्ट्रिय संस्था युनिसेफले विश्वभरीबाट लिएका यी १४ तस्वीर अहिले विश्वभरी नै भाइरल छन् । भाइरल यो कारण छन्, की तस्विर देख्नासाथ हरेक सन्ततीले आमाको सम्मान स्वरुप शेयर गरिरहेका छन् । तपाई पनि आमाका सम्मानका लागि एक शेयर गर्नुस ।

यसैले यी तस्विरमा विश्वभरी नै क्याप्सन जुरेको छ । आमाको महिमा अपार र शब्दमा वर्णन गर्न नसकिने छ । आमा तिमीलाई ह्दयदेखी माया । तस्विरहरु युनिसेफबाट ।

















