नयाँदिल्ली । भारतको राजकोटस्थित एक अपार्टमेन्टको चौथो तलाबाट छोराले आफ्नै आमालाई धकेलेर हत्या गरेको भिडियो सार्वजनिक भएको छ । राजकोटस्थित दर्शना अपार्टमेन्टको चौथो तलबाट छोराले ६४ वर्षीय आमालाई धकेलेको भिडियो इन्डिया टुडे टेलिभिजनले प्रशारण गरेको हो ।

आमाको हत्याको आरोपमा छोरालाई प्रहरीले पक्राउ गरेको छ । सन्दिप नाम गरेका ती युवकले आफ्नी आमालाई आफु बस्ने अपार्टमेन्टबाट बाहिर निकालेर लिफ्टसम्म लगेको प्रष्टरुपमा देखिन्छ । सीसीटिभी फुटेजमा देखिए अनुसार सन्दिपले आमालाई लिफ्टबाट निकालेर अपार्टमेन्टको छतमा पुर्याएर एक्लै फर्किन्छन् । आमालाई डोर्याउँदै गएका सन्दिप एक्लै फर्किदा फर्किन्छन् ।
सन्दिप कोठा पुगेको केही बेरमै एक जना उनको अपार्टमेन्टमा आएर आमाले छतबाट खसेर आत्महत्या गरेको कुरा सुनाउँछन् । सन्दिपले नाटक गरेर आमा खसेको ठाउँमा जान्छन् । सबैले सन्दिपको आमाले छतबाट हामफालेर आत्महत्या गरेको बताए ।
राजकोट प्रहरीले पनि आत्महत्या गरेको पुष्टी गर्याे । राजकोट प्रहरीले अनुसन्धन गर्दा ६४ वर्षीय ती महिलालाई हिडडुल गर्न अरुको साहरा चाहिने पत्ता लागेपछि प्रहरीले महिलाको हत्या भएको दिनको सिसिटिभी फुटेज हेर्दा ती महिलाले आत्महत्या नभई निर्दयी छोराले छतबाट खसालेको पत्ता लाग्यो ।








