७ कार्तिक २०८३, शुक्रबार | Fri Oct 23 2026

ग्यास चुहिएर गम्भीर घाइते युवकको मृत्यु


२ कार्तिक २०७३, मंगलबार  

0
Shares

गौशाला, २ कात्तिक । महोत्तरीको मटिहानी गाविसमा ग्यास चुहिएर शरीर जली गम्भीर घाइते भएका मटिहानी गाविस– ५ बस्ने रामनारायण मण्डलका छोरा २८ वर्षीय लव रहेको परिवारजनले जनाएका छन् ।

बडादसँैंको नवमीमा राति छिमेकीको ग्यास चुल्हामा समस्या भएकाले बनाउन गएका लवकोे ग्यास चुहिएर शरीर जली गम्भीर घाइते भएका थिए ।

घाइते लवलाई उपचार लागि काठमाडौँंस्थित कीर्तिपुर अस्पतालमा लगिएमा आज उनको उपचारका क्रममा मृत्यु भएको छिमेकी कामेश्वर ठाकुरले बताउनुभयो ।

सो घटनामा लवसहित चार जना घाइते भएका थिए । बाँकी तीन जनाको उपचार भइरहेको छिमेकी ठाकुरले बताउनुभयो । रासस

Sagarmatha

प्रकाशित मिति : २ कार्तिक २०७३, मंगलबार  ९ : ४८ बजे