२७ कार्तिक २०८३, बिहिबार | Thu Nov 12 2026

नेचासल्यान गाउँपालिकामा ट्राभल हिस्ट्री नभएका १० जनामा कोरोना पुष्टि

कोरोना अपडेट नेचासल्यान


५ जेष्ठ २०७८, बुधबार  

462
Shares

सोलुखुम्बु । जिल्लाको नेचासल्यान गाउँपालिकामा ट्राभल हिस्ट्री नभएका १० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

मंगलबार २५ जनाको एन्टिजेन परीक्षण गर्दा ५ महिला र ५ पुरुषको रिर्पोट पोजेटिभ आएको गाउँपालिका स्वास्थ्य शाखा संयोजक युबराज शर्माले जानकारी दिए ।

संक्रमण पुष्टि हुनेहरुको कसैको पनि ट्राभल हिस्ट्री नभएको स्वास्थ्य शाखा संयोजक शर्माले बताए । संक्रमित सबैको स्वास्थ्य अवस्था सामान्य रहेको छ ।

Sagarmatha

यो सँगै नेचासल्यान गाउँपालिकामा कोरोना संक्रमितको संख्या २३ पुगेको छ ।

प्रकाशित मिति : ५ जेष्ठ २०७८, बुधबार  २ : ०८ बजे