२७ कार्तिक २०८३, बिहिबार | Thu Nov 12 2026

सोलुखुम्बुमा कोरोना संक्रमितको संख्या ३१७ पुग्यो

कोरोना अपडेट सोलुखुम्बु


५ जेष्ठ २०७८, बुधबार  

1.1k
Shares

सोलुखुम्बु । हिमाली जिल्ला सोलुखुम्बुमा एकै दिन ५१ जनामा कोरोना भाईरस संक्रमण पुष्टि भएको छ ।

मंगलबार जिल्लाको विभिन्नमा स्थानमा गरिएको पिसिआर र एन्टिजेन परीक्षणमा थप ५१ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय सोलुखुम्बुका कोभिड फोकल पर्सन रामकुमार बिश्वकर्माले बताए ।

संक्रमण पुष्टि हुनेमा ३३ जना पुरुष र १८ जना महिला रहेको कार्यालयका कोभिड फोकल पर्सन विश्वकर्माले बताए । सोताङका २१, नेचासल्यानका १०, माप्य दुधकोशीका ८, महाकुलुङका ७, खुम्बु पासाङल्हामु ४ र सोलु दुधकुण्ड नगरपालिकाका १ जना छन् ।

Sagarmatha

योसँगै जिल्लामा कोरोना संक्रमितको सख्या ३ सय १७ जना पुगेका छन् । जिल्लामा कोरोनाका कारण एक जना पुरुष संक्रमितको ज्यान गएको छ भने ८ जनाले कोरोना जितेका छन् ।

प्रकाशित मिति : ५ जेष्ठ २०७८, बुधबार  १२ : ४९ बजे