सोलुखुम्बु । विश्व व्यापी महामारीको रुपमा फैलिरहेको नयाँ भेरियन्ट सहितको कोरोना भाइरस (कोभिड-१९)बाट सोलुखुम्बुमा थप एक संक्रमितको मृत्यु भएको छ ।

जिल्लाको खुम्बुपासाङल्हामु गाउँपालिकाका ७२ वर्षिय पुरुषको कोरोना संक्रमणबाट मृत्यु भएको गाउँपालिका स्वास्थ्य शाखा संयोजक अर्थिमाया तामाङले बताए ।
संक्रमित पुरुषलाई ११ गते कोरोना पुष्टि भएको थियो । उनि होम आईसोलेसनमा बसिरहेका थिए ।
यो सँगै सोलुखुम्बु जिल्लामा ६ जनाको कोरोना संक्रमणको कारण मृत्यु भएको छ ।








