सोलुखुम्बु । हिमाली जिल्ला सोलुखुम्बुको नेचासल्यान गाउँपालिकालाई १० लाख बराबरको स्वास्थ्य सामाग्री वितरण गरिएको छ ।

नेपाली काँग्रेसका केन्द्रीय सदस्य एवं पूर्व मन्त्री बलबहादुर केसी र नेचासल्यान २ का वडाअध्यक्ष भेषकुमार बास्तोलाको पहलमा बाबुराजा केसी ‘उज्वल’को समन्वयमा स्वास्थ्य सामग्री वितरण गरिएको हो । बोधित्वसत्व बिहारले उपलब्ध गराएको स्वास्थ्य सामाग्री बिहिबार गाउँपालिकालाई हस्तान्तरण गरिएको छ ।
स्वास्थ्य सामग्रीमा अक्सिजन कन्सरट्रेटर ३ थान, पल्सअक्सिमिटर ३ थान, पिपिई सेट ७५ थान, केएन ९५ मास्क १५० थान, सर्जिकल मास्क ८५० थान सेनिटाईजर लगायतका स्वास्थ्य सामाग्री पूर्वमन्त्री केसीले गाउँपालिका अध्यक्ष डुफकुमार बास्तोलालाई हस्तान्तरण गरेका हुन् । बोधित्व विहारसँग एक सेट पिसिआर मेसिन, एन्टिजेन किट, पिसिआर भिटिएमको पनि माग गर्ने केसीले प्रतिबद्धता व्यक्त गरेका छन् ।








