२७ कार्तिक २०८३, बिहिबार | Thu Nov 12 2026

सोलुखुम्बुमा ८ सय ९५ जनाले जिते कोरोना, १० जनाको मृत्यु

जिल्लामा सक्रिय संक्रमित ३५० जना


१२ असार २०७८, शनिबार  

336
Shares

सोलुखुम्बु । हिमाली जिल्ल सोलुखुम्बुमा कोरोना संक्रमण जित्नेको संख्या ८ सय ९५ पुगेको छ । कुल संक्रमित १२ सय ४५ मध्ये ८ सय ९५ जना संक्रमण मुक्त भएको सम्बन्धित गाउँपालिकाको स्वास्थ्य शाखा संयोजकले बताएका छन् ।

संक्रमण मुक्त हुनेमा सोलु दुधकुण्ड नगरपालिका ३६७ जना, नेचासल्यान गाउँपालिकाका ९९ जना, महाकुलुङ गाउँपालिकाका ९१ जना र लिखुपिके गाउँपालिकाका २४ जना छन् ।

यस्तै खुम्बु पासाङ ल्हामु गाउँपालिकामा १ सय ७६ जना, सोताङ गाउँपालिकाका ३८ जना, माप्य दुधकोशी गाउँपालिकाका ५१ जना र थुलुङ दुधकोशी गाउँपालिकाका ४८ जना संक्रमण मुक्त बनेका छन् । जिल्लाको लिखुपिके गाउँपालिका र महाकुलुङ गाउँपालिकामा भने संक्रमण मुक्त गाउँपालिका भएको छ ।

Sagarmatha

लिखुपिके गाउँपालिकामा २४ जना संक्रमित मध्ये सबै जना संक्रमण मुक्त बनेको स्वास्थ्य शाखा संयोजक ज्ञानु कार्कीले बताए । यस्तै माहाकुलुङ गाउँपालिकामा ९१ जना मध्ये सबै जना निको भएको गाउँपालिकाका स्वास्थ्य संयोजकले बताएका छन् ।

जिल्लामा अब ३ सय ५० जना मात्रै सक्रिय कोरोना संक्रमित  छन् । संक्रमितमध्ये १० जनाको मृत्यु भैसकेको छ ।

प्रकाशित मिति : १२ असार २०७८, शनिबार  ४ : ०५ बजे