सोलुखुम्बु । हिमाली जिल्ला सोलुखुम्बुमा थप १ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

जिल्ला अस्पताल फाप्लुबाट थप उपचारका लागि ओखलढुंगाको मिसन अस्ताल लैजादै गर्दा कोरोना संक्रमित बृद्धाको बाटैमा मृत्यु भएको हो ।
सोलुदुधकुण्ड नगरपालिका ११ तिङ्लाकी ६५ वर्षिय बृद्धाको बाटैमा मृत्यु भएको जिल्ला अस्पताल फाप्लुका सूचना अधिकारी विजयप्रकाश ठाकुरले बताए ।

उनलाई भेन्टिलेटरमा उपचार गरि राखिएको थियो । श्वास प्रश्वासमा समस्या देखिएपछि थप उपचारका लागि ओखलढुंगाको मिसन अस्पताल रेफर गरिएको थियो ।
यो सँगै सोलुखुम्बुमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ११ पुगेको छ ।







