सोलुखुम्बु । हिमाली जिल्ला सोलुखुम्बुमा थप १ जनाको कोरोना संक्रमितको कारण मृत्यु भएको छ ।

विश्व व्यापी महामारीको रुपमा फैलिरहेको नयाँ भेरियन्ट सहितको कोरोना भाइरस (कोभिड-१९) संक्रमणका कारण खुम्बु पासाङल्हामु गाउँपालिका वडा नं. ४ का ६७ वर्षिया महिलाको मृत्यु भएको हो ।
४ दिनदेखि कोरोना जस्तै लक्षण देखिएको संक्रमित महिलाको मृत्युपछि कोरोना पुष्टि भएको गाउँपालिका स्वास्थ्य शाखा संयोजक अर्थिमाया तामाङले बताए ।

शवको व्यवस्थापन नेपाली सेनाको टोलीले भोली (मंगलबार) गर्ने संयोजक तामाङले बताए ।
यो सँगै कोरोना संक्रमणका कारण सोलुखुम्बु जिल्लामा मृत्यु हुनेको संख्या १२ जना पुगेको छ ।







