२७ कार्तिक २०८३, बिहिबार | Thu Nov 12 2026

थुलुङ दुधकोशी गाउँपालिका सर्वाङ्गीण विकासमा विश्वास गर्दछः अध्यक्ष राई


१६ श्रावण २०७८, शनिबार  

1.2k
Shares

काठमाडौं । सोलुखुम्बु स्थित थुलुङ दुधकोशी गाउँपालिकाका अध्यक्ष असिम राईले गाउँपालिकाको सर्वाङ्गीण विकासमा जोड दिएको बताएका छन् ।

शनिबार काठमाडौंमा आयोजित गाउँपालिकाको वडा नं. ९ द्धारा आयोजित कार्यक्रममा मन्तव्य राख्दै अध्यक्ष राईले गाउँपालिकाको विकासमा आवश्यकता अनुसार विकासमा जोड दिएको बताएका हुन् । सिमित स्रोत र साधन भएपनि आम जनताको असिमित काम गर्नुपर्ने भएकाले योजना बनाएर क्रमैसँग गाउँपालिकाको विकास गरिरहेको अध्यक्ष राईले बताए ।

थुलुङ दुधकोशी गाउँपालिकाबाट विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहण गर्ने आरोहीहरुलाई सम्मान गर्न आयोजना गरिएको कार्यक्रममा अध्यक्ष राईले गाउँपालिकामा पर्वतीय प्रशिक्षणको अध्यनको लागि प्रतिष्ठानको प्रस्ताव गरेका छन् ।

Sagarmatha

कार्यक्रममा सगरमाथा आरोहण गर्ने ३२ जना थुलुङ दुधकोशीका आरोही सम्मानित भएका छन् । कार्यक्रम वडा अध्यक्ष भुपालसिंह राईको अध्यक्षता एवं गाउँपालिका अध्यक्ष असिम राईको प्रमुख आतिथ्यतामा भएको थियो ।

प्रकाशित मिति : १६ श्रावण २०७८, शनिबार  २ : १७ बजे