सोलुखुम्बु । नेपाली कांग्रेस लिखुपिके गाउँपालिका वडा नं. ५ को वडा अधिवेशनबाट वडा सभापतिमा हेमबहादुर तामाङ सर्वसम्मत निर्वाचित भएका छन् । तामाङको सभापतित्वमा २१ सदस्यीय वडा कार्यसमिति सर्वसम्मत निर्वाचित भएका हुन् ।

उपसभापतिमा बिजुले बस्नेत र सब्बा तामाङ निर्वाचित भएका छन् । त्यसैगरी सचिवद्धयमा माधव बस्नेत र छिरिङसोनाम शेर्पा, सहसचिवद्धयमा निरकुमार विश्वकर्मा र आङगेलु शेर्पा सर्वसहमत निर्वाचित भएका छन् ।
सदस्यहरुमा भूपाल बस्नेत, विष्णुकुमार बस्नेत, पूर्णीमाया तामाङ, सारदा खड्का, राजेन्द्र थामी, राजेश बस्नेत, छिरिङतेञ्जी शेर्पा, काजी घिमिरे, निरज खत्री, मिङमारडोमा शेर्पा, छाप्तेन शेर्पा र आङदावा शेर्पा सर्वसम्मत निर्वाचित भएको क्षेत्रिय प्रतिनिधी ङिमछिरी लामाले बताए ।

त्यसैगरी क्षेत्रिय प्रतिनिधीहरु (खुल्ला)मा राजन बस्नेत, सुब्बा तामाङ, भिमसेन बस्नेत, बिजुले बस्नेत, मोहनजंग बस्नेत, ङिमछिरी लामा निर्वाचित भएका छन् । त्यस्तै महिला खुल्लामा मनिता बस्नेत र डोल्मा शेर्पा, आदिवासी जनजातिमा छिरिङसोनाम शेर्पा, खस आर्यमा गोपाल बस्नेत र माधव बस्नेत, दलितमा निरकुमार विश्वकर्मा, पिछडिएकोमा राजेन्द्र थामी, खस आर्य महिलामा हिमला बस्नेत र कान्छी कामी निर्वाचित भएका छन् । पदेन क्षेत्रिय प्रतिनिधीमा वडा सभापति हेमबहादुर तामाङ रहेका छन् ।
नेपाली कांग्रेसको १४ औं महाधिवेशनको कार्यतालिका अनुसार ४ दिन पछि भएको सोलुखुम्बुको ५२ वटै वडामा भदौ २२ गते मंगलबार वडा अधिवेशन तोकिएको थियो ।







