२७ कार्तिक २०८३, बिहिबार | Thu Nov 12 2026

मिङमारको उमेदवारी नगर सभापतिमा घोषणा

सैबैलाई मिलाएर लैजान नगर सभापतिको उमेदवारी


सगरमाथा अनलाईन

२६ भाद्र २०७८, शनिबार  

679
Shares

सोलुखुम्बु । हिमाली जिल्ला सोलुखुम्बुको एक मात्र नगरपालिकामा मिङमार शेर्पाले नगर सभापतिको उमेदवारी घोषणा गरेका छन् ।

नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तरगत असोज ९ गते हुने नगर अधिवेशनमा शेर्पाले नगर सभापतिको उमेदवारी घोषणा गरेका हुन् । नेपाली काग्रेसको १४ औं महाधिवेशनमा क्रियाशील राजनैतिक नेताहरुको तर्फबाट शेर्पाले नगर सभापतिको उमेदवार भएको बताए ।

‘आन्तरिक पार्टी जीवनको प्रतिस्पर्धा भएकाले मेरो प्रतिस्पर्धीको आलोचना र बिरोध नगरिकन म निर्वाचनमा जान्छु ।’ शेर्पाले भने, ‘नेपाली कांग्रेसलाई बाहिरबाट हेर्दा आन्तरिक रुपमा अस्वास्थ्य प्रतिस्पर्धा देखिन्छ । हरेक कार्यकर्तालाई मिलाएर लैजान नकस्ने भएकाले म सबैलाई मिलाएर लैजान सक्ने क्षमता राख्ने भएकाले नगर सभापतिको उमेदवारी दिएको हो ।’
‘सोलुदुधकुण्ड नगरपालिकामा नेपाली कांग्रेसको पार्टी संरचनालाई हेर्ने हो भने ३ पुस्ताका नेताहरु पार्टीमा हुनुहुन्छ ।’ शेर्पाले भने, ‘त्यसैले हामीभन्दा अगाडिका पुस्तालाई सम्मान गर्ने, उहाँहरुको योगदानलाई कदर गर्ने, आफूसँगै भएको पुस्तालाई सँगसँगै लैजाने र हामीभन्दा तल्लो तहमा रहनु भएका पुस्तालाई पनि हामीसँग सँगै लैजाने मेरो पहिलो प्रयास रहने छ ।’

Sagarmatha

सैबैलाई मिलाएर लैजानको लागि आफूले नगर सभापतिको उमेदवारी घोषणा गरेको शेर्पाले बताए । ‘नेपाली कांग्रेसको क्षेत्रिय प्रतिनिधीहरुलाई यो मेरो समूह र त्यो तेरो समूहको भनेर उहाँहरुलाई छुट्टयाइयो भने सम्पूर्ण क्षेत्रिय प्रतिनिधीहरुको अवमूल्यान हो ।’ शेर्पाले भने, ‘त्यसैले यो तेरो र मेरोभन्दा पनि नगरपालिकाको सभापति कसलाई चुन्ने भन्ने क्षमता सबै क्षेत्रिय प्रतिनिधीहरुले आफ्नो क्षमता राख्न सक्नुहुन्छ । त्यसैले क्षेत्रिय प्रतिनिधीहरुले विवेकपूर्ण क्षमताका साथ सहि नेतृत्व चयन गर्न सक्नु हुन्छ भन्नेमा म विश्वस्त छु ।’

शेर्पाले पूर्वमन्त्री एवं नेपाली कांग्रेसका केन्द्रीय सदस्य बलबहादुर केसीको समूहबाट नगर सभापतिमा उमेदवारी दिएको बताए । नगरपालिकाको ११ वटै वडामा निर्वाचित भएर आएका क्षेत्रिय प्रतिनिधीहरु सक्षम, सहि र विवेकपूर्ण निर्णय गर्न सक्ने क्षमताको भएकाले प्रतिस्पर्धीले जतिसुकै भागबन्डा गरेपनि आफू नगर सभापति हुनेमा विश्वत रहेको शेर्पाले बताए ।

शेर्पा नेपाली कांग्रेसबाट राजनीतिमा सक्रिय रुपले लागेको २५ वर्ष भयो । उनी नगरपालिकाको जनताले खोजेको जुनसुकै बेला भौतिक रुपमै उपस्थित हुन सक्ने सक्रिय युवा नेताको रुपमा पनि छवि बनाएका छन् । विभिन्न आन्दोलनमा होस या पार्टी जीवनको राजनीतिमा उनले सँधै निरन्तर पार्टीको तर्फबाट अन्याय र भ्रष्टाचारको विषयमा बोलिरहे ।

नेपाल विद्यार्थी संघ सोलुखुम्बुको जिल्ला कार्य समिति सदस्यबाट औपचारिक रुपमा राजनीति सुरु गरेका शेर्पा केहि वर्षपछि नेविसंघ सोलुखुम्बुको सहअध्यक्षको जिम्मेवारी पनि सफलतापूर्वक निर्बाह गरेका थिए । त्यत्ति मात्र होइन उनी तत्कालिन बेनि गाविसको गाउँ ईकाई सभापति समेत भएर स्थानीयको मन जितेका थिए । अहिले उनी सोलुदुधकुण्ड नगरपालिकाको वडा नं. २ का वडा अध्यक्ष रहेका छन् ।

शेर्पाले नगर सभापतिको उमेदवारी घोषणा गरेसँगै जिल्लाका फरक विचार र सिद्धान्त बोकेका युवा नेताहरुले उनको खुलेर समर्थन र प्रशंसा गरेका छन् । विभिन्न सामाजिक सञ्जालमा उनको तस्वीर राखेर विजयीको शुभकामना समेत दिइरहेका छन् ।

यसैबीच पूर्वसभापति आङगेलुको समूहबाट सोनामग्याल्जेन शेर्पाले नगर सभापतिको उमेदवारी घोषणा गरेका छन् । उनी सोलुदुधकुण्ड नगरपालिकाका कार्यपालिका सदस्य समेत छन् ।

प्रकाशित मिति : २६ भाद्र २०७८, शनिबार  ७ : ३८ बजे