२७ कार्तिक २०८३, बिहिबार | Thu Nov 12 2026

नेपाली कांग्रेस सम्पर्क समितिः खड्का नेतृत्वको समिति विघटन, बस्नेत नेतृत्वको समितिलाई आधिकारिकता दिएको घोषणा


सगरमाथा अनलाईन

३ आश्विन २०७८, आइतबार  

1.2k
Shares

काठमाडौं । मनोज खड्का नेतृत्वमा रहेको नेपाली कांग्रेस सोलुखुम्बु काठमाडौं सम्पर्क समिति विगटन गरिएको छ ।

काठमाडौंमा भएको एक कार्यक्रमकाबीच सभापति खड्काले आफ्नो नेतृत्वमा रहेको सम्पर्क समिति विघटन गर्दै गोकर्ण बस्नेतको नेतृत्वमा गठन भएको समितिलाई आधिकारिकता घोषणा गरेका हुन् । नेपाली कांग्रेसको १४ औं महाधिवेशनलाई एकताको महाधिवेशनको रुपमा सम्पन्न गर्नको लागि आफ्नो नेतृत्वमा रहेको सम्पर्क समिति विघटन गरेको खड्काले बताए ।

कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रीय सदस्य, संविधान सभाका सदस्य तथा पूर्वमन्त्री बलबहादुर केसी, नेपाली कांग्रेस नेता एवं उद्योग वाणिज्य महासंघका कार्यकारीणी केन्द्रीय सदस्य प्रकाशसिंह कार्की, महासमिति सदस्य शम्भुहरी बास्तोला, महाधिवेशन प्रतिनिधी एवं तरुण दल सोलुका अध्यक्ष अशोककुमार झा, जिल्ला सहसचिव कुशराज राई, पर्यटन व्यवसायी एवं नेता आङछिरिङ शेर्पा, नेता आङकाजी शेर्पालगायतका नेता तथा ६० भन्दा बढि कार्यकर्ताहरुको उपस्थिति रहेको थियो ।

Sagarmatha

प्रकाशित मिति : ३ आश्विन २०७८, आइतबार  ३ : ०७ बजे