सोलुखुम्बु । नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्र थुलुङ दुधकोशी गाउँपालिका पार्टी अध्यक्षमा रामसंघर्ष किराती चयन भएका छन् ।

प्रदेश नं. १ का ईञ्चार्ज राम कार्की प्रमुख आतिथ्यता तथा जिल्ला अध्यक्ष गोम्बु शेर्पा ‘कज्र्याङ’को अध्यक्षतामा बसेको भर्चुवल बैठकले किरातीलाई अध्यक्षमा चयन गरेको हो । त्यस्तै सचिवमा रामकिरण राईलाई चयन गरिएको अध्यक्ष किरातीले बताए ।
त्यस्तै घनश्याम नेपालीलाई गाउँपालिका पार्टी इञ्चार्जको जिम्मेवारी दिइएको छ । भर्चुवल बैठकले थुलुङ दुधकोशी गाउँपालिका अध्यक्ष असिम राईलाई जिल्ला समन्वय समितिको सचिवमा सर्वसम्मत चयन गरेको पनि पार्टी अध्यक्ष किरातीले बताए ।

यसैबीच माप्य दुधकोशी गाउँपालीका पार्टी अध्यक्षमा प्रकाश खालिङ चयन भएका छन् । भर्चुवल बैठकबाट खालिङलाई अध्यक्ष र सज्जन राईलाई सचिवको जिम्मेवारी दिएको छ ।
तत्कालिन नेकपा माप्य दुधकोशी गाउँपालिका पार्टी अध्यक्ष गौरव राईलाई गाउँपालिका पार्टी इञ्चार्जको जिम्मेवारी दिइएको छ ।







