१६ बैशाख २०८३, बुधबार | Thu Apr 30 2026

जिल्ला वन महासङ्घमा भण्डारी



झापा, १० कात्तिक । सामुदायिक वन उपभोक्ता महासङ्घ झापा अध्यक्षमा वेदप्रकाश भण्डारी सर्वसम्मत चयन हुनुभएको छ ।

महासङ्घको छैटौँ जिल्ला सम्मेलनबाट आगामी चारवर्षीय कार्यकालका लागि मङ्गलबार नयाँ नेतृत्व चयन भएको हो । समितिका उपाध्यक्षमा हंसलाल राजवंशी, महासचिवमा पुष्पा भण्डारी, सचिवमा भवानी खतिवडा र कोषाध्यक्षमा शारदा बराल चयन हुनुभएको छ । अठ्ठाइस सदस्यीय कार्यसमितिका सदस्यमा खिम आङ्बो, हिमा मगर, युवराज लोहार, इन्द्र कोइराला, दुर्गा दाहाल, प्रमिला डाँगी, देवेन्द्र रिसाल, प्रेम घिमिरे, लालबहादुर ढुङ्गाना लगायत रहनुभएको छ ।

समितिको पहिलो बैठकले चार महिला सदस्य मनोनयन गर्ने बताइएको छ । महासङ्घको गत शनिबार सुरुङ्गाको जामुनखाडीमा अधिवेशन भएको थियो । रासस

प्रकाशित मिति : १० कार्तिक २०७३, बुधबार  ६ : ३८ बजे