२७ कार्तिक २०८३, बिहिबार | Thu Nov 12 2026

सोलुका २ विद्यालय ‘पढ्दै कमाउँदै’ कार्यक्रमका लागि छनौट


सगरमाथा अनलाईन

१६ चैत्र २०७८, बुधबार  

210
Shares

सोलुखुम्बु । सोलुखुम्बुका दुई विद्यालय ‘पढ्दै कमाउँदै’ कार्यक्रमका लागि छनौट भएको छ ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय अन्तरगतको शिक्षा तथा मानव स्रोत विकास केन्द्रको ‘राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम’ अन्तरगत ‘पढ्दै कमाउँदै’ कार्यक्रमका लागि जिल्लाका दुई विद्यालय छनौट भएका हुन् ।

छनौट हुनेमा नेचासल्यान गाउँपालिकाको केदार माध्यमिब विद्यालय र थुलुङ दुधकोशी गाउँपालिकाको जनता माध्यमिक विद्यालय रहेका छन् । केदारमा इन्जिनियरिङ, कृषि, घरेलु कार्यक्रम चल्नेछ भने जनतामा डिप्लोमा प्लान्ट साइन्स कार्यक्रम संचालन हुनेछ ।

Sagarmatha

प्रतिनिधि सभा सदस्य हेम कुमार राई ‘शुरवीर’, थुलुङ दुधकोशी गाउँपालिका अध्यक्ष असिम राईको टोलिले शिक्षा मन्त्री देवेन्द्र पौडेललाई भेटेर विद्यालय छनौट, प्रस्तावना र संभावनाका बारेमा जानकारी गराएका थिए । ‘पढ्दै कमाउँदै’ कार्यक्रम कार्यविधि २०७८ अनुसार कार्यान्वयन हुने छ ।

जग्गा, भवन, यन्त्र उपकरणका अलवा स्थानीय बजार, विद्यार्थी संख्या, दरबन्दी अनुसारको शिक्षक भए नभएको, प्रयोगशाला लगायतका सुचांकको आधारमा कार्यक्रम कार्यान्वयनका लागि विद्यालयलाई छनौट गरिएको हो ।

प्रकाशित मिति : १६ चैत्र २०७८, बुधबार  ३ : ०७ बजे