९ असार २०८३, मंगलबार | Tue Jun 23 2026

पाथीभरा केबुलकार निर्माणमा बल प्रयोग भए आन्दोलनकारीको पक्षमा उभिन्छौंः प्रचण्ड



काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पाथीभरा केबुलकार निर्माण विवादमा सरकारले बल प्रयोग गरे आफूहरू आन्दोलनकारीको पक्षमा उभिने बताएका छन् ।

हुलाकी मार्ग केन्द्रित जनतासँग माओवादी तराई मधेस जागरण अभियान अन्तर्गत मोरङको कानेपोखरी गाउँपालिकास्थित रमाइलो बजारमा आयोजित सभालाई सम्बोधन गर्दै उनले बताएका हुन् ।

‘झन् बल प्रयोग गरेर आन्दोलनकारीको टाउको फुटाएर, विचरा प्रहरी नचहँदा नचाहँदै पनि सरकारले भनेको मान्नुपर्ने थुप्रै प्रहरी पनि घाइते हुने जुन परिस्थिति सरकारले बनाएको छ,’ प्रचण्डले भने, ‘फेरि पनि त्यसलाई रोकेर वार्ता र संवादबाट त्यसलाई रोकियोस् । यदी रोकिएन भने माओवादी आन्दोलनकारीको पक्षमा उभिनेछ र देशव्यापी आन्दोलनतिर जानेछ ।’

Sagarmatha

पाथीभराको मुद्दा एउटा सांस्कृतिक र भावनात्मक ऐतिहासिक मुद्दा भएको बताउँदै प्रचण्डले यसमा बल प्रयोग गर्ने दुस्साहस नगर्न सरकारलाई आग्रह गरे ।

प्रकाशित मिति : १३ फाल्गुन २०८१, मंगलबार  ७ : ४२ बजे