१६ बैशाख २०८३, बुधबार | Thu Apr 30 2026

गणतन्त्र रहरले हट्दैनः सभापित देउवा



काठमाडौं । नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले गणतन्त्र कसैको रहरले नहट्ने बताएका छन्। बिहीबार सानेपास्थित पार्टी कार्यालयमा आयोजित कार्यक्रममा उनले संविधानसभामार्फत जनताको प्रत्यक्ष सहभागितामा गणतन्त्र आएको भन्दै यसको अन्त्य सम्भव नभएको स्पष्ट गरे।

उनका अनुसार नेपालमा लोकतान्त्रिक गणतन्त्र स्थापनाका लागि बीपी कोइराला, गणेशमान सिंह, कृष्णप्रसाद भट्टराई, गिरिजाप्रसाद कोइरालालगायत नेताहरूले कठोर संघर्ष गरेका थिए। उनले अहिलेको संविधान हिमाल, पहाड, तराईका सबैलाई समेट्ने, समावेशी र समानुपातिक भएको बताउँदै यो व्यवस्थाले जनताको अधिकार सुनिश्चित गरेको उल्लेख गरे।

‘हामी सबैले लडेर यो व्यवस्था ल्याएका हौं, कसैले रहर गरेर हटाउन सक्दैन,’ देउवाले भने, ‘गणतन्त्र हट्नेवाला छैन, कसैले आशा नगरे हुन्छ।’

प्रकाशित मिति : १३ चैत्र २०८१, बिहिबार  १२ : १९ बजे