८ असार २०८३, सोमबार | Mon Jun 22 2026

चीनसँग मौसमसम्बन्धी तत्काल सूचना आदानप्रदानको अभावले निम्त्याएको चुनौती


२५ असार २०८२, बुधबार  

0
Shares

काठमाडौं ।  सधैँ मौसमको अवस्था र आँकडा केलाइरहने कमलराम जोशी मङ्गलवार दिनभरि आश्चर्यमा थिए। बिहान सबेरै नेपाल(चीन सिमानास्थित रसुवागढीमा आएको अचानक भेलबाढीको कारणबारे सोध्न बीबीसीले सम्पर्क गर्दा जल तथा मौसम विज्ञान विभागका महानिर्देशक जोशी आफैँ घोत्लिरहेका थिए।

चीनपट्टिबाट बेस्कन भेलबाढी आउनुको कारण के होला भनेर जान्न चीनबाट सूचना आवश्यक हुने उनी ठान्छन्।
अहिले चीनबाट ुरिअल टाइमुमा ९तत्कालै० मौसमसम्बन्धी सूचनाहरू व्यवस्थित रूपले प्रदान हुने नगरेको उनले बताएका छन्।  प्रारम्भिक अनुमान गर्न हामीलाई अप्ठेरो किन परेको छ भने यो घटना भएको स्थान हाम्रो देशमा परेन। अब उनीहरूसँग हाम्रो ठ्याक्कै डेटा शेअरिङ् ९सूचना आदानप्रदान०को संयन्त्र छैन, उनीहरूका नीतिको कारण,ू जोशीले भने।

प्रकाशित मिति : २५ असार २०८२, बुधबार  १० : २२ बजे