८ असार २०८३, सोमबार | Mon Jun 22 2026

प्रतिनिधिसभाको बैठक १ बजे बस्दै


२९ असार २०८२, आइतबार  

0
Shares

काठमाडौं । प्रतिनिधिसभा बैठक आज बस्दैछ। आज दिउँसो १ बजे संघीय संसद् भवन नयाँबानेश्वरमा बैठक बस्ने कार्यसूची छ।

आजको बैठकमा ‘सूचना प्रविधि तथा साइबर सुरक्षा विधेयक–२०८२’ प्रस्तुत गर्ने कार्यसूचीमा उल्लेख भएको छ। सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले सो विधेयक प्रस्तुत गर्नेछन्।

 

आजकै बैठकमा कानून, न्याय तथा संसदीय मामिलामन्त्री अजय कुमार चौरसियाले ‘केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकमाथि राष्ट्रिय सभाबाट भएको संशोधनमाथि विचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची छ ।

Sagarmatha

प्रकाशित मिति : २९ असार २०८२, आइतबार  ४ : ०४ बजे