८ असार २०८३, सोमबार | Mon Jun 22 2026

एप्स्टिन नोटुलाई लिएर ट्रम्पले मर्डोक र वाल स्ट्रीट जर्नलविरुद्ध हाले १० अर्ब डलरको मुद्दा


३ श्रावण २०८२, शनिबार  

42
Shares

काठमाडौं ।अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले वाल स्ट्रीट जर्नलको मूल कम्पनी डाव जोन्स तथा त्यसका मालिक रुपर्ट मर्डोकविरुद्ध १० अर्ब डलरको मुद्दा हालेका छन्।

ट्रम्पले यौन कसुर लागेका जेफ्री एप्स्टिनलाई यौनको विषयमा हँसिमजाक गरेर लेखिएको अश्लीलु नोट पठाएको दाबी गरिएको समाचार प्रकाशन गरेकाले उनले सो मुद्दा हालेका हुन्।

सो प्रकाशनले सन् २००३ मा ट्रम्पको नाम उल्लेख भएको जन्मदिनको शुभकामना नोट हाल दिवङ्गत एप्स्टिनलाई पठाइएको भनेर उल्लिखित लेख प्रकाशन गरेर आफ्नो बदनामी गरेको र मानहानिको कानुन उल्लङ्घन गरेको ट्रम्पले भनेका छन्। एप्स्टिनलाई पछि यौन कसुरमा अभियोग लगाइएको थियो।

Sagarmatha

पत्रिकाले उक्त नोट ट्रम्पले एप्स्टिनको ५०औँ जन्मदिनमा पठाएको भनेको छ तर ट्रम्पले उक्त नोटलाई झुटा भनेका छन्।

अमेरिकी न्यायमन्त्रालयले एक न्यायाधीशलाई एप्स्टिनसँग सम्बन्धित सामग्री सार्वजनिक गर्न अनुरोध गरेको बेला यो पछिल्लो घटनाक्रम विकसित भएको छ। यो मामिलाको व्यवस्थापनलाई लिएर ट्रम्प प्रशासनको चर्को आलोचना भइरहेको थियो।

प्रकाशित मिति : ३ श्रावण २०८२, शनिबार  १ : ४० बजे