१७ जेष्ठ २०८३, आइतबार | Sun May 31 2026

कूलिङ अफ पिरिअडुको पक्षमा एमाले सांसदहरूलाई बहुमत पुर्‍याउनै चुनौती


५ श्रावण २०८२, सोमबार  

0
Shares

काठमाडौं । कपा एमालेका पाँच जना सांसदहरूले निजामती कर्मचारीहरूलाई अवकाश वा राजीनामा पछि दुई वर्ष सरकारी नियुक्तिमा रोक लगाउने कूलिङ अफ पिरिअडुको प्रस्ताव हटाउन संशोधन दर्ता गराए पनि सत्ता साझेदार कांग्रेसकै सांसदहरू त्यसको विपक्षमा देखिएका छन्।

अधिकांश विपक्षी दलहरूले एमालेको संशोधनमा साथ नदिने बताएका छन्।

प्रतिनिधिसभाको राज्य व्यवस्था समितिमा सांसदहरूले सर्वसम्मतिबाट सहमति जुटाएको भनिएको दुई वर्षसम्म नियुक्तिमा रोक लगाउने व्यवस्था राष्ट्रिय सभामा पठाउनु अघि अनधिकृत रूपमाु परिवर्तन गरिएको भन्दै संसद्‌ले छानबिन गरिरहेको छ।  प्रतिनिधिसभामा समितिले अवकाश वा राजीनामा लगत्तै नियुक्तिमा रोक लगाउने कूलिङ अफ पिरिअडु व्यवस्था कायमै राखेर विधेयक सच्याउन आग्रह गर्दै राष्ट्रिय सभालाई पत्र समेत पठाएको थियो।

प्रकाशित मिति : ५ श्रावण २०८२, सोमबार  ६ : ३८ बजे