काठमाडौं । नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक आज पनि पेरिसडाँडामा बस्दै छ । शनिबारदेखि जारी बैठक आजै सक्ने तयारी गरिएको छ ।
पार्टीका महासचिव देवप्रसाद गुरुङ र वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले आज आफ्नो धारणा राख्नेछन् । त्यसपछि अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रस्तुत दस्तावेजमाथि उठेका प्रश्न र धारणाबारे जवाफ दिने उपाध्यक्ष अग्नि सापकोटाले जानकारी दिए ।
बैठकमा उपमहासचिव जनार्दन शर्मा, सचिव राम कार्की लगायतका नेताले केही प्रश्न उठाए पनि प्रचण्डको दस्तावेजलाई समर्थन गरेका छन् । विशेष महाधिवेशनको प्रस्ताव गरेका शर्मालाई स्थायी कमिटीका सदस्यहरूले आत्मालोचना गर्न सुझाव दिएका छन् ।








