७ बैशाख २०८३, सोमबार | Mon Apr 20 2026

मदन भण्डारी फाउण्डेशन अध्यक्ष ओलीको विचार सँग जोडिएको छ : ईश्वर पोखरेल


५ भाद्र २०८२, बिहिबार  

0
Shares

काठमाडौं । नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले पार्टी अध्यक्ष केपी शर्मा ओलीले बोकेको विचार मदन भण्डारी फाउण्डेशनसँग जोडिएको बताएका छन् ।

बिहीबार काठमाडौंको थापागाउँमा आयोजित सम्पर्क कार्यालय उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा पोखरेलले यस्तो बताएका हुन् ।

‘म सम्झन्छु, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली जुन बेला वास्तवमा विचारको प्रखरताको झण्डा बोकेर अघि बढ्नुभएको थियो,’ पोखरेलले सम्झिए, ‘त्यसबेलादेखि नै मदन भण्डारी फाउण्डेशन जोडिँदै आएको हो । उहाँको सामिप्यता पाएर फाउण्डेशनले महत्त्वपूर्ण भूमिका खेल्दै आयो ।’

मदन भण्डारीले ल्याएको जनताको बहुदलीय जबजको विचार कुनै मौसमी र चटके हिसाबले नआएको जिकिर गरे ।

‘कुनै तत्कालका लागि मौसमी हिसाबले ल्याइएको, चटके हिसाबले ल्याइएको कुरा मात्रै होइन । त्यसको गहन पृष्ठभूमि छ,’ पोखरेलले भनेका छन् ।

कसैलाई लागेर सुत्रबद्ध हिसाबले मात्रै ल्याइएको रुपमा नआएको बताए ।

‘यो विचारलाई क्षतिग्रस्त बनाउने हिसाबले कुरा उठ्न सक्छन् । यो कार्यालय मदन भण्डारी फाउन्डेशनले गर्ने गतिविधिको हिसाबमा ख्याल गर्नुपर्छ ।’

उनले मदन भण्डारी ७५ औं जन्मजयन्ती मनाउने क्रममा कामलाई व्यवस्थित बनाउन सम्पर्क कार्यालय खोलेको पनि बताए ।

प्रकाशित मिति : ५ भाद्र २०८२, बिहिबार  ९ : ५४ बजे