२८ भाद्र २०८२, शनिबार | Sat Sep 13 2025

जेन-जी प्रदर्शनः ट्रमामा थप २ को मृत्यु, मृतकको संख्या १६ पुग्यो


२३ भाद्र २०८२, सोमबार  

14
Shares

काठमाडौं । हिंसात्मक बनेको जेनजीहरूको प्रदर्शनमा मृत्यु हुनेको संख्या १६ पुगेको छ । ट्रमा सेन्टरमा थप दुई जनाको मृत्यु भएको अस्पताल स्रोतले जानकारी दिएको छ ।

यो सँगै उपत्यकाका विभिन्न अस्पतालमा मृत्यु हुनेको संख्या १६ पुगेको हो । ट्रमा सेन्टरमा मात्रै मृत्यु हुनेको संख्या ८ पुगेको छ । सामाजिक सञ्जाल बन्दको विरोधमा उत्रिएका जेनजीहरूको प्रदर्शनका क्रममा गम्भीर घाइते भएकाहरूको अहिले विभिन्न अस्पतालमा मृत्यु भएको हो ।

यसैगरी सिभिल अस्पतालमा ३, त्रिवि शिक्षण अस्पतालमा १, केएमसी अस्पतालमा १ र एभरेष्ट अस्पतालमा ३ जना जना प्रदर्शनकारीको मृत्यु भएको छ । अहिलेसम्म कुल १६ जना प्रदर्शनकारीको मृत्यु भइसकेको छ ।

प्रकाशित मिति : २३ भाद्र २०८२, सोमबार  ११ : ३९ बजे