१८ आश्विन २०८२, शनिबार | Sun Oct 5 2025

चितवनको फिस्लिङमा पहिरो, राजमार्ग बन्द


१८ आश्विन २०८२, शनिबार  

0
Shares

चितवन । चितवनको इच्छाकामना गाउँपालिका–३ मा पहिरो खस्दा दुईतर्फी सडक बन्द भएको छ ।

शुक्रबार साँझदेखि परेको वर्षाका कारण १स्४५ बजे मुग्लिङ–नागढुङ्गा खण्डअन्तर्गत फिस्लिङमा पहिरो खसेको हो ।

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक रवीन्द्र खनालका अनुसार पहिरो पन्छाउनका लागि कम्तीमा तीन घण्टा लाग्ने छ ।

पहिरो पन्छाउने काम सुरु गरिएको उनले बताए । नारायणगढ–मुग्लिन सडक खण्डमा भने अहिलसम्म अवरोध नभएको उनले जानकारी दिए ।

निरन्तर वर्षा भइरहेकाले सावधानीपूर्वक यात्रा गर्न स्थानीय प्रशासनले आग्रह गरेको छ ।

प्रकाशित मिति : १८ आश्विन २०८२, शनिबार  ९ : २२ बजे