७ बैशाख २०८३, सोमबार | Mon Apr 20 2026

रौतहटको महेशपुरमा २४ घण्टामा सबैभन्दा बढी ३५८ मिलिमिटर वर्षा


१९ आश्विन २०८२, आइतबार  

0
Shares

 काठमाडौं । शनिबार बिहानदेखि आइतबार बिहानसम्म २४ घण्टाको अवधिमा रौतहटको महेशपुरमा सबैभन्दा बढी ३५८ मिलिमिटर वर्षा भएको छ ।

जल तथा मौसम विज्ञान विभागका अनुसार अत्यधिक वर्षा भएका मधेश, कोशी र बाग्मतीका मापन केन्द्रहरुको विवरण अनुसार रौतहटमा अतिभारी वर्षा भएको हो ।

३०० मिलिमिटरभन्दा बढी वर्षा मापन भएका केन्द्रहरुमा इलाम जिल्लाको हिमाली गाउँ केन्द्र ९३३२।६ मिलिमिटर० र कन्याम टि स्टेट केन्द्र ९३१४।२ मिलिमिटर०, पर्सा जिल्लाको मुडली केन्द्र ९ ३२८।६ मिलिमिटर० र गौर केन्द्र ९ ३१५।० मिलिमिटर० रहेका छन् ।

शनिबार बिहान ०४स्३० बजेदेखि आइतबार बिहान ०४स्३० बजेसम्मको वर्षा मापन गरिएको थियो ।

असोज १९ गते बिहान ०८स्४५ बजे २९५ वटा वर्षा मापन केन्द्रहरू ९मानव सञ्चालित स् ७९ र स्वचालित स् २१६० मा मापन गरिएको गत २४ घण्टाको वर्षाको विवरण अनुसार १८६ वटा केन्द्रहरुमा वर्षा भएको छ ।

जसमध्ये १०५ वटा केन्द्रहरुमा ५० मिलिमिटर भन्दा बढी वर्षा भएको छ । ६८ वटा केन्द्रहरुमा १०० मिलिमिटरभन्दा बढी, २१ वटा केन्द्रहरुमा २०० मिलिमिटरभन्दा बढी र ५ वटा केन्द्रहरुमा ३०० मिलिमिटर भन्दा बढी वर्षा मापन भएको छ ।

‘भारी वर्षा’ भनेको २४ घण्टामा ५० मिलिमिटरदेखि १०० मिलिमिटरसम्म वर्षा हो भने ‘धेरै भारी’ भनेको १०० मिलिमिटरदेखि २०० मिलिमिटर पानी पर्नु हो । २४ घण्टाको अवधिमा २०० मिलिमिटरभन्दा धेरै वर्षा भएमा ‘अति भारी’ वर्षा भनिन्छ ।

प्रकाशित मिति : १९ आश्विन २०८२, आइतबार  ९ : ५७ बजे