६ बैशाख २०८३, आइतबार | Mon Apr 20 2026

एटीएमुबाट पैसा झिक्ने सीमा घटाए राष्ट्र ब्याङ्क


२९ आश्विन २०८२, बुधबार  

0
Shares

काठमाडौं । डिजिटल कारोबारलाई प्रवर्द्धन गर्न हालै डेबिट कार्डुमार्फत् गरिने कारोबारको सीमा घटाएको नेपालको केन्द्रीय ब्याङ्कले भुक्तानी प्रणालीलाई  सहज र सुरक्षित बनाउनेतर्फु विभिन्न पहल भइरहेको जनाएको छ।

सन् २०१४ मा तय गरिएको रणनीति पुरानो भएकाले हामी अहिले भुक्तानी प्रणालीसम्बन्धी नयाँ रणनीति तर्जुमाको चरणमा छौँ, नेपाल राष्ट्र ब्याङ्कका प्रवक्ता किरण पण्डितले बीबीसीसँग भने, डिजिटल भुक्तानी प्रणालीलाई थप व्यवस्थित र सुरक्षित बनाउन हामीले न्याश्नल पेमेन्ट स्विचुसम्बन्धी प्रतिवेदन सार्वजनिक गरेका छौँ र त्यसमाथि सुझाव आह्वान गरेका छौँ।

ब्याङ्कले आइतवार सार्वजनिक गरेको उक्त प्रतिवेदनमाथि सरोकारवाला व्यक्ति तथा निकायुले मङ्सिर १० गतेसम्म सुझाव दिन सक्ने बताइएको छ।

नेपाल राष्ट्र ब्याङ्कका पूर्वकार्यकारी निर्देशक नरबहादुर थापा नेपालमा डिजिटल कारोबार पूर्वाधारुमा अपेक्षित लगानी हुन नसकेको धारणा राख्छन्।

बायोमेट्रिक परिचयपत्र, डेटा सेन्टर र ९सेवा प्रदायकहरूको अन्तरआबद्धताजस्ता पूर्वाधारमा हुनुपर्ने जति लगानी हुन सकेको छैन,उनले भने, ठूलो लगानीको खाँचो पर्ने भएकाले यसमा राज्य नै लाग्नु पर्ने हुन्छ।

प्रकाशित मिति : २९ आश्विन २०८२, बुधबार  ८ : २४ बजे