७ असार २०८३, आइतबार | Sun Jun 21 2026

नेकपा विभाजन सम्झँदै भीम रावलले भने( आलो घाउमा मल्हम


२६ कार्तिक २०८२, बुधबार  

0
Shares

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीमा समाहित भएका नेता भीम रावलले तत्कालीन नेपाल कम्युनिस्ट पार्टी ९नेकपा० विभाजन भएर छुट्टिँदाको दिन स्मरण गरेका छन् ।

नेपाली कम्युनिस्ट पार्टीसँग आफू नेतृत्वको ‘मातृभूमि जागरण अभियान’ सँग एकतापत्रमा हस्ताक्षर गर्ने क्रममा उनले नेकपा विभाजनको बेला स्मरण गर्दै उक्त दिनको घाउमा मल्हम लगाएकोजस्तो महसुस भएको जिकिर गरे ।

‘आज यो सभाकक्षको यस ठाउँमा उपस्थित भइरहँदा जुनबेला नेपाल कम्युनिस्ट पार्टीलाई प्रतिक्रियावादीहरू र कम्युनिस्ट आन्दोलनलाई विशिष्टकृत गरेर आफ्नो निहीत स्वार्थ पूरा गर्नेहरूबाट विभाजन गरिएर गरम मन लिएर यही ठाउँबाट छुट्टिएर गइएको थियो,’ रावलले भने, ‘फर्किएर आज नेपाली कम्युनिस्ट पार्टी अन्तर्गत आज यहाँ बसिरहनुभएका नेताहरू र यहाँ बीचमा उभिएर यो कुरा राख्न पाउँदा त्यो विछोडको दिनको आलो घाउमा मल्हम लगाएको जस्तो महसुस भएको छ ।’

Sagarmatha

उनले अहिले आफ्नो देश विकट अवस्थामा भएको र राष्ट्रिय स्वाधीनताको लडाईं सशक्त रुपमा लड्नपर्ने बताए ।

‘हाम्रो देश अन्त्यन्त विकट अवस्थामा छ । स्वाधिनताका लडाईं हामीले अझै सशक्त रुपमा लड्नुपर्नेछ । जे होस् हामीले एउटा बलियो शक्ति निर्माण गरेर राजनीतिक रुपान्तरणको यात्रालाई सशक्त रुपमा अघि बढाउने संकल्पका साथ चाहे अस्ति भर्खरै १० दलको एकताको प्रसंग होस्,’ रावलले भने, ‘या अहिले भर्खरै यादवजी र म नेपाली कम्युनिस्ट पार्टीमा अघि बढेको कुरा होस् । यो अत्यन्त हाम्रो लागि सुखद छ । आउने दिनमा सशक्त, भावनात्मक संकल्पका साथ अघि बढ्नेछौं भन्ने मेरो विश्वास छ ।’

रावलले पेरिसडाँडामा आयोजित एक कार्यक्रममार्फत एकता पत्रमा हस्ताक्षर गरिसकेका छन् । आजै एक सभामार्फत नेपाली कम्युनिस्ट पार्टीमा समाहित भएको घोषणा हुँदैछ ।

प्रकाशित मिति : २६ कार्तिक २०८२, बुधबार  ८ : ५५ बजे