२८ कार्तिक २०८३, शुक्रबार | Fri Nov 13 2026

बेपत्ता ओलीको अस्थिपञ्जर फेला


२३ कार्तिक २०७३, मंगलबार  

0
Shares

वालिङ, २३ कात्तिक । झन्डै पाँच महिना अघिदेखि बेपत्ता भएका अनुसन्धान सहायक निरीक्षकको अस्थिपञ्जर सोमबार फेला परेको छ ।

दाङ घर भई राष्ट्रिय अनुसन्धान कार्यालय स्याङ्जामा अनुसन्धान सहायक निरीक्षक पदमा कार्यरत ४० वर्षीय डिलबहादुर ओलीको पुतलीबजार नगरपालिका–९ दोभाराको पाखामा अस्थिपञ्जर फेला परेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका डिएसपी वीरबहादुर पुलामीले बताए ।

गत असार ११ गते रातिदेखि सम्पर्कविहीन रहेका ओलीको अस्थिपञ्जर घाँस काट्न पाखामा जाँदा मानिसको टाउकोजस्तो देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए ।

Sagarmatha

प्रहरीले अस्थिपञ्जरसँगै रहेको नागरिकता, कपडा, टर्चलाइट, नम्बरसहितको मोबाइलबाट ओलीको अस्थिपञ्जरको सनाखत गरेको हो । रासस

प्रकाशित मिति : २३ कार्तिक २०७३, मंगलबार  २ : ५७ बजे